Blog Widget by LinkWithin

केही उपद्देश्हरू - डायरीको पानाबाट

१ ) तिम्रो के गयो ? जसको निम्ति तिमी रुन्छौ । तिमीले के ल्याएका थियौ ? जून तिमीले गुमायौ । तिमीले के बनाएका थियौ ? जून नाश भयो । न त तिमीले केही लिएर नै आयौ । जे लियौ यही बाट नै लियौ । जे दियौ यही नै दियौ । जे लियौ भगवान लाइ नै दियौ । खाली हात आयौ खाली हात जाने छौ । जे आज तिम्रो छ त्यो हिजो कसैको थियो , भोली कसैको हुनेछ । तिमी यसलाई आफ्नो सम्झेर खुसी हुन्छौ । त्यही तिम्रो दू:खको कारण हो ।
२ ) परिवर्तन संसारको नियम हो । जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही त जीवन हो । तिमी एक क्षणमा करोडौको मालिक बन्दछौ । अर्को पल्ट दरिद्र हुन्छौ । मेरो तेरो , आफ्नो अर्काको , सानो ठुलो मनबाट हटाई देऊ , विचारबाट हटाई देऊ , फेरी सबै तिम्रो हो र तिमी सबैका हौ ।
३ ) न यो शरीर तिम्रो हो न त तिमी यो शरीर को नै हौ । यो अग्नि , जल वायु , पृथिवी र आकाश ले बनेको छ , यो यासैमा मिल्छ तर आत्मा स्थिर छ फेरी तिमी को हौ ?
४ ) किन व्यर्थै चिन्ता गर्छौ ? को देखि ब्यर्थै दराउछाऊ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न जन्मन्छ न त मर्छ नै ।
५ ) जे भो राम्रै भयो , जे भैरहेछ , त्यो पनी राम्रै भैरहेछ , जे हुनेछ त्यो पनी राम्रै हुनेछ । तिमी भुतको पश्चाताप नगर भविष्य चिन्ता नगर , वर्तमान चलिरहन्छ ।
६ ) तिमी जे काम गर्छौ , त्यो भवानमा चढाई दिदै जाऊ । तिमी आफुलाई भगवानमा अर्पित गर । जसले गर्दा डर चिन्ता र शोक देखि सधै टाढा रहन सक्छौ । अनि तिमीले जिवनमा मुक्तिको , आनन्दको अनुभव गर्न गर्ने छौ ।
( स्रोत : आफ्नै डायरीको पानाबाट - जून पहिला मैले कुनै पुस्तक पढ्दा खेरी कलेक्सन गरेको थिए, अहिले मलाई ठ्याकै यही पुस्तक हो भनेर त थाहा भएन तर त्यस बाट केही थोरै कुराहरु जस्ताको तस्तै राखेको छू - ब्लोगिङ मा ढिलै भए पनी चलमलाउदै छू भनेर जनाउनको लागी । )
-->Read more...

यस्तै रहेछ जिन्दगी !!!

मलाई लेख्न आएन
-साहित्य !
के पो लेखिरहनु !
फुराउनै आएन - शब्दहरु
कुन कन्दराबाट खोजी ल्याउने !
अस्थिर रहेको मनले
कसैको दोभाष पहिल्याउन सकिन !
कस्तो व्यवहार हो - यो
जसको आभास - बुझ्न नसक्नु
बुझी नसक्नु छ !
म भावनामा बहेछु
जसको गन्तव्य नै भेटिन !
म सोचन पनी के सोचिरहन्छु
आफ्नै सस्मरणमा पनी मेटिन्न !
सुख खुसी खै के हो ?
- थाहा छैन
कसरी पो भयो
मिलन विछोड
- त्यो पनी त थाहा छैन !
थाहा छैन -
म लाइ , म स्वयं को हु भनी ?
थाहा छैन
म किन र के का लागी भनी
अनि
किन हासे र रोए'थे - त्यो पनी !!
यो बेमेल लेखाइ संगै
बेमेल हुदै गैरहेछु ।
धेरै ले सिकाउनु भए जस्तो लाग्छ
निकै लिए जस्तो पनी लाग्छ
तर
अझै अघाए जस्तो लाग्दैन
-जिन्दगी देखि !
अझै भरिए जस्तो त लाग्दैन
- जिन्दगी !
सायद ,
चुइने भाडो हो
-यो मेरो जिन्दगी !!
खाली रहेको - मगज !
बाकी केही छैन
भएको केही होइन

हरपल रित्तो लाग्ने
त्यसैले -
मुखारवृन्दबाट सदा भर्नु पर्ने
अनि कानबाट ज्ञान कोच्नु पर्ने
....... ..... उफ ......... ..... .....
टोल्याइ रहे ...... सोचिरहे....
यस्तै रहेछ जिन्दगी !!!

( आज निकै समय पछि एउटा भावना लेख्न बसे - निकै भए'थ्यो कविता लेखेर पोस्ट नगरेको तर शून्य रहेको दिमाग बाट सोचे जस्तो लेख्न त सकिएन । त्यही जेजसो भए पनी उपलोट गरेको छू - ढिलै भए पनी ब्लगमा सल्बलाउदैछु भनेर जनाउन ) ।
-->Read more...

मेरो ब्लग यात्रा - बर्ष दिनको

भनिन्छ 'खाली दिमाग सैतानको बास' रे त्यस्तै भै रहेछ आज मलाई । खुट्टाको अर्प्रेसन गरेकाले रेस्टमा बसिरहेछु । आज ३ दिन भै सक्यो एक्लै रूममा बसेको निकै दिक्दार लाग्दो र अल्छि लाग्दो महसूस गरिरहे अनि मनमा हरेक किसिमका कुराहरु खेलाएर बस्नु सिवाय केही रहेन। नेट मात्र कति चलाएर बस्ने, अनि कति बेर फिलिम हेर्ने खाली रहेको मेरो मगजमा बिगत निकै सल्बलाइरह्र्यो ... र यही विगत र समझना लेख्न बसे ... यो ब्लगमा । मन धेरै खेलेको हुनाले केही कुरा पनी टुंगोको लेख्न सकिरा'छुइन र जेपाए त्यही लेख्दै बसे ।
........... दिनहरू बित्दै गएका हुन या आफुले दिन, समय र बर्षहरु विताउदै गइएको हो पतै छैन अनि खै वितेको पतै नहुदो रहेछ - समय । आज दुई बर्ष भन्दा बढ़ी भै सकेछ घर छाडेको या विदेशिएको । नेपाल छाडेको भनौ या कतार बसेको दुबै सही । शुरूका दिनहरुमा त अजीब सजिब खै के के लागे लागे । मनमा खटपट भएकै हो तर पछि यहाको हावापानी र रहन सहनमा अलिक घुलमिल भैएछ क्यारे - त्यो खटपट पनि हराएर गयो । भन्छन क्षण भरको घटनाले मानिसको पुरै जीवनशैली यानी उद्देश्य र सोचाइ नै पूर्ण रूपमै पनि परिवर्तन गराउन सक्दछ तर म मा त्यस्तो भए जस्तो लागेन । म त्यति पलभरमै परिवर्तन र अनौठो हुन सकिन तर मेरा दिनचर्याहरू भने पक्कै विस्तारै क्रमिक रुपमा परिवर्तन हुदै गएको भने रहेछ । हुन त शुरूका दिनमा ( जब म काम मा लागे ) दिन रात र खानपिनको अतोपतो (भेउ) पाउन नै गाह्रो भएको थियो । अनि साविक भन्दा पढाइ लेखाइ ( पत्रपत्रिका , पुस्तक पढने र डायरी लेखन ) निकै कम भयो मात्र हैन झण्डै ठप्पै भएको । वरु शुरू भए'थ्यो एकान्तमा (विशेषत: सुत्ने समयमा )बढ़ी सोच्ने र कल्पिने -घर परिवार र साथिभाइको निकै याद आउने , म किन घर छाडेर हिडे , म के का लागी भौतारिदै गरेको , म आफ्नै ठाउमा (नेपाल) केही गर्न नसकेर नै भागेको हु त ? (आत्म ग्लानी भै ) आफैलाई प्रश्न तेर्साउछु तर सब अनुतरित नै रहने । किन
आफ्नो ठाउमा वेकम्मा नै भएको हु त ? मलाई पहिला लाग्थ्यो र म मेरा साथिहरुलाई पनी भन्ने गर्दथे आफ्नै देशमा (विकाशान्मुख ) जहा पुरै भाषा भेष मिल्छ , त्यहा त केही गर्न नसक्नेले विदेशमा जहा अत्याधुनिक प्रविधि छ ,पुरै तोड तरिका नै फरक हुन्छ त्यहा त झन एडजस्ट हुन त पीडादायक हुन्छ । म जानेर या नजानिदै त्यसो भन्न पुग्थे किनकी मलाई त्यस्तो लाग्थ्यो । त्यस्तो भन्ने म - आज विविध कारण बस परदेशी भएको छू । यहाँ पुरै १२ घण्टा खटिनु पर्छ यो कम होइन र वढि पनी होइन अरुको तुलनामा , खट्नेहरु १४/१७ - १८ घण्टा सम्म घोटिरा'छन । श्रम शोषण भन्न नमिल्ने होइन -तर
त्यसमा हाम्रै पनी मज्बुरि छ । दुई कौडी बढी पोल्टामा पार्न सकिन्छ की भनी - झिनो आशामा काम गर्ने रहर नै गर्छौ , ओभर टाइम मानी ।
नत्र त कहा गए हाम्रा रापिएका ,जंगिएको जोश त्यस विरुद्र आवाज फोर्न , हिजै हो अमेरिकाले इराकमा वम झार्दा - यी हातले राको समाएर दमक नगर परिक्रमा गर्दै दमक चोकमा बुषको पुत्ला दहन गरेको अनि शाही घोषणाको विरुद्रमा कालो तोरण उठाएको आलै हो जस्तो लाग्छ मलाई तर खै कुनि यहाँ ति सब पोखरिका छालहरु झै क्षितिज पारीको परिद्रश्य भएर रहे । यो कस्तो वाध्यता , यो अर्को आत्मग्लानि सहितको पौरख या गौरव भनौ ! यसमा कसको दोष मेरो मुलुकको या मेरो , थाहा भएन तर म यसको विज्ञ पनी त परिन तर यस्ता जिखासाहरू आज मेरो मनमा आइर्ह्यो ।
..............................................

इन्टरनेट ले गर्दा यो दुई वर्षको फुर्सदको समय विताउन त्यति गाह्रो भने भएन । एउटा समय विताउने राम्रो , सजिलो माध्याम भयो मेरो लागी । कहिले ब्लग , फेसबुक , हाई५ , त्यतिकै टाइम पास भै हाल्ने । ए साच्ची नेटको कुरा गर्दा ब्लगको कुरा छुटाउनै मिल्दैन मेरो लागी त ! ब्लग जसले मरुभुमिको उजाडपन लाइ भुलाउने काम गर्यो र अनौठो तिर्सना जगायो । प्यास नजानिदो रुपमा बढ्दै गैरह्यो । म ब्लगलाइ परिभाषित गर्न त सक्दिन तर यो स्वतन्त्र विचरण गर्न सकिने खुल्ला सड़क हो जस्तो लाग्छ । एउटा आफ्नै छुट्टै वेब पेज जस्तो हुन्छ र जसलाई संसारको जुनसुकै ठाउबाट हेर्न सकिन्छ भन्ने खुसीका साथ रहरै रहरमा ब्लग सिर्जना गर्न पुगेको थिए । थाहा थिएन यती धेरै र असल मित्रहरुसँग आत्मीयता बढाउन पाउछु भनेर अनि खुसी छू राम्रो नराम्रोको सर- सल्लाह र सुझाब दिने हितैसी ब्लग फ्रेन्ड्स पाएकोमा र म सदा उहाहरुको ऋणी छू । जसले आज मलाई यो रूपमा आइपुग्न सहायता पुर्याउनु भो । फेसबुकका मित्रहरुलाई पनी उतिनै धन्यवाद दिन चाहन्छु जसले धेरै सल्लाह सुझाब दीइरहनु भएको छ र म मा प्रेरणा थपी रहनु भा'छ । मलाई टिका राम जी ले ब्लग लेखनमा लाग्न सबै भन्दा पहिला घचघच्याउनु भएको थियो, उहालाई म मुरी मुरी धन्यवाद नदिरहन सक्दिन , त्यति वेला उहा आफै पनी आफ्नो ब्लग चलाउनु हुन्थो तर अहिले निरन्तरता दिन सकिन भनी ( कामको ब्यास्ताताले ) डिलीट गर्नु भएको छ ।
पहिला त ब्लग मित्रहरु पनी निकै कम हुनुहुन्थ्यो तर अहिले नेपाली ब्लग मित्रहरु निकै मज्जाले बढ्नु भएको छ,जून नेपाली ब्लगरहरुको लागी खुसिको कुरा हो । तर लेखाइमा विश्वसनीयता र उत्कृतता प्रस्तुत गर्न सके अनि निरन्तरता दिन सके नेपाली ब्लगको भविष्य पनी उज्जल हुनेथ्यो की ? अहिले सम्ममा नेपाली ब्लगको दुनियामा एउटा राम्रो काम हालै भएको छ दौतरी द्रारा "प्रथम अन्तराष्ट्रिय नेपाली ब्लगर भेला" जसले नेपाली ब्लगरहरु विच नजिक्याउने काम गरेको छ । अनि एक बद्र भै अगी बढ़ने सहकार्यको माला उनेको छ ।
आज म ब्लग लेखन मा ताते गर्दै हिडेको बर्ष दिन पूरा भएछ , यो मेरो ब्लग पुरै ब्यक्तिगत ब्लग भएको ले यस्मा रहेका खुराकहरू पनि पुण रूप मै ब्यक्ति गत नै रहेका छन तर दुःखको कुरा अझै न्वारन भने गर्न सकेको छुइन । के राखे उचित होला यहाहरू सँग नै सल्लाह लिन चाहन्छु , मलाई आफ्नो अमूल्य शब्द खर्चेर कमेन्ट गरी आफ्नो मार्गदर्शन प्रदान गर्नुहुने मेरा आदरणीय सबै मित्रहरु प्रति म हृदय देखि नै कृतज्ञ रहेको छू । यहाँ मैले एक एक गरेर सबै साथिहरुको नाम उल्लेख गर्दा छुट्ने डरले सबै मित्रहरुलाई एक मुस्त मा सम्बोधन गरे है - नरिसाइदिनु होला ! आज सम्म तपाईहारूबाट जसरी सद्भाव , माया पाए आउदा दिनमा पनी कायमै राख्नु हुन्छ भन्ने अपेक्षा राखेको छू । म लाइ सदा सल्लाह सुझाब अनि गाली गर्दै गल्ती औलाइदिनु होला । धन्यवाद !
ह्यापी ब्लगिङ्ग !
-->Read more...

समुन्द्रमा पौडिखेल्दा

दुई हातले नाक मुख थुनेर डुबेका साथी केहिबेर पछि निस्कादा आफ्नो अनुहारको आकृति पुरै पुरानो कुच्चिएको भाडो जस्तो बिगारेर निस्केको देख्दा ,मलाइ पूरा दया लागेर आयो र सोधे : "किन ? के भो र ? "
"हत् तेरी !! कस्तो , सबै नुनै नून रहेछ । "
"चर्को न चर्को "
"ए हो र ? " मैले थाहै नभए जस्तो गरेर भने ।
"हो ..हो .... , हो रहेछ ...." सबै साथीहरूले जोड दिदै भन्दै'थे ।
हुन त हामी कुनै भोज भतेरमा सरिक भएका भने थीइनम तर पनी कुरो भने 'चर्को र नुनिलो'को चल्दै थियो । कुरो थियो Arabic Ocean मा पौडी खेल्दा को हो 17 july 2009 को बिहान कतार को डफ्ना नेर , सबै साथिहरु मिली छुट्टी मनाउन गएका थियौ । जून दोहा देखि सबै भन्दा नजिकको Swimming Place पनी हो ।

( सबै आफ्नै सुरमा - पौडी खेल्न नै मस्त रहेकाछन ) ...................( भर्खर समुन्द्र मा पस्दै - हामीहरु )
......................................
कतारमा Swimming गर्न को लागी Dafna, Alkhor, Okra र Sea Line Beach जस्ता ठाउँहरु निकै प्रख्यात रहेको छ । तर मलाई त Sea Line Beach र Dafna को Swimming Place हरु नै राम्रो र उपायुक्त लाग्यो किन भने पानी पनी निकै clean अनि हेर्दा रमाइलो ठाउॅ रहेको छ, यिनिहरूको तुलनामा Alkhor र Okra मा भने निकै फोहर र दुर्घन्दित रहेको छ । अल्खोरमा भने बोटको (पानीमा कुदाउने बाईक) सुबिधा छैन । सबै भन्दा उतम त 'सी लाइन बिच' नै रहेको छ ।
(गलेर थकाई मार्दै - साथिहरु ) .................................... (चिसो अनि नुनिलो पानीमा - डुब्दै )


(हेमन्त , म , अशोक प्रकाश रेग्मी ) ........................ (म , देवी राम, धन गुरुङ्ग र हेमन्त )
.......................
जाबो पौडी खेलेको कुरा पनी के ब्लगमा राख्नु भन्ने लागेको थियो तर त्यस दिन घटेको घटनाले गर्दा - यो टासो नटासी चितै भुझेन । लगभग आधा घण्टा जति पौडी खेली सके पछि , म लगाएत सबै मित्रहरुको रहर अनुसार बोटिङ्गको मज्जा लुट्ने हिसाबले हामी बोटिङ्गमा रम्न थाल्यौ ।
एक पटक म र हेमन्त - शुरुमा बिस्तारै बिस्तारै बोटिङ्ग गर्दै अगाडी बढिम , जति चलाउदै गयो उति मज्जा र जोश बढ़ई गयो .... साथै ...गियर पनी बढ्दै गयो अनि स्पीड नबढ्ने कुरै भएन । पछाडी बाट हेमन्त ले कंट्रोल गर्दै गरौ है भन्दै'थे तर मनले मानेन पूरा गियर दबाइयो अनि त फुल स्पीडमा । आहा ! बोट ड्राइभ गर्नु को मज्जा त अर्कै । बोटको पछिल्लो भागले मात्र पानी छोएर सरर ....अनि त्यसले फालेको पानीको छाल फरर । वाह ! आनन्द नै अर्कै । म अझ फुर्के र उभिएर नै चलाउन थाले - हात खुट्टाहरु अलिक चिप्ला थिए , नुनिलो पानिले भिजेको हुदा । पुरै Over Speed मा थियो बोट तर हल्का टर्निङ्ग गरेर छाल तर्काउन खोजेको मात्र थिए, बोट बाट हामी दुबै जाना चित खेलेर पानीमा दुब्न पुग्यौ । बोट एका तीर हामी अर्को तीर भइयो । धन्न हामीलाई पौडिन आउथ्यो, नत्र त बर्बात हुनेथ्यो ।

(यसरी जादै गर्दा एक छीन पछि बोट पल्टियो) ................................................ (हाहा ! ... बोट पल्टियो )
...................
बल्ल बल्ल पौडिएर बोट सम्म पुग्यौ तर चाबि हराएछ अब फसाद कसरी स्टार्ट गर्ने ? तर चाबिको रिङ्ग रबरको (रातो कलर ) भएकोले पानीमा तैरिएर - हल्ली रहेको रहेछ ,त्यो पनी - बोट देखि निकै टाढा तर हेमन्त ले गएर ल्याए । तर अझै ड्राइभ गर्ने रहर पूरा भएन । खुबै रमाइलो र हल्का डरको अनुभूति भो । किनारमा आइसके पछि ... कोही हास्दै थिए भने कोही । त्यस्तो out of control मा जाने हो त भनेर कराउदै थिए । बाहिर किनारमा बस्ने सबै साथिहरु को सातो उडेको थियो ।

(बोट पल्टिए पछि किनार तीर आउदै )
बोट चढ़न को लागी साथिहरु हानाथाप गर्दै - 'म ...म जाने , म चलाउने ......हाह....हाहा... "
-->Read more...

देशको ब्यथाले -दुखेको मन

" भन्न मन लाग्छ भने भन मलाई
स्वदेश निन्दक वा घृणा चिन्तक
तर यो देश तिम्रो जती कै मेरो पनी देश हो
अंश बण्डा गर्ने हो भने पनी
यो देशको एक करोड टुक्राहरु मध्ये
एउटा टुक्रा माथी मेरो पनी छाप्रो हुने'छ
र त्यो देशका असंख्य बगरहरू मध्ये
एउटा बगरमाथि मेरो पनी चिता हुने छ । " (भूपी शेरचन )
यी माथिका भूपिका शब्दहरु आज निकै घत लागी रहे , मनमा निकै गडेर वस्यो । अहिलेको देशको अवस्था , कल्पना र सोच बाहिरको छ । मनमा निक्कै पीडा छ , सम्झन्छु कतिन्जेल यो सब माहोल हेरेर बस्ने ? सहनु पनी एउटा हद हुन्छ नि ! ......... तर गर्ने के ... ? उपाय के ? अहिले सबैलाई अवगत नै भएको कुरा हो देशको समस्या मूर्धन्य भएर गाजिएको छ । जस्तै मै हु भन्ने ले पनी धोती देखाएर गए , आश्वासन बाडेर गए , भोका नाङ्गा जनता ले 'पिर्लिक आखा पल्टाए' । राजनीति - आरोप प्रत्यारोप मै चलिरा'छ , देशमा कुनै घटना झुक्किएर हुनु हुन्न हजारौले त्यहा षड्यन्त्र मात्र देख्छन - अनि तात'छ सड़क , जल्छ मधेश , हल्लिन्छ पहाड़ अनि भल्किन्छ नेपाली मन । आफैले आफैलाई मारेर सिध्याउने खेल खेल्नेहरुलाइ स्वाभाविक लाग्ला त्यो देशमा एउटा नेपाली मर्दा अर्को नेपाली हास्ने पनी छन भन्दा ।
लाग्छ ! नेपालिहरुमा जागरण नभएको पनी होइन , मन नभएको पनी होइन - सचेत र वौद्रिक वर्गको कमी भनौ भने पनी होइन , दिन प्रति दिन शिक्षित वर्ग बढ्दो छ । सबै लाइ थाहा छ अहिलेको बन्द, हड्ताल, अपहरण , हिंसा , दण्डहीनता अनि अस्थिर राजनैतिक अवस्था र यो आपसको खिच्चातानी र फुटले हामी कसैको पनी भलो हुदैन भनेर ।
समस्या यस्तो यस्तो छ र यसरी सावधान गर्न सकिन्छ भन्ने कुरा पनी अवगत हुदा हुदै सबै एक आपसमै अल्मलिएर रहेका छन -निकाश केही छैन । उपलब्धि जेरो छ । देशमा 'शान्ति र विकाश' कतिको खाचो छ भनेर सोध्ने हो भने - संभवत १००% ले नै पोजेटिभ उतर दिनेछन । अनि यसरी सबैको मनसाय एउटै हुदा हुदै पनी आज सम्म कसले रोक्यो त ति सबलाइ देश विकाश गर्न ? हुन त नेपालमा यस्ता वौद्रिक जमात पनी छन जसले कुनै व्यक्तिलाई सुरक्षा निकाय ले सोध्पुछ को निम्ति थुनामा राखेको खण्डमा - उनिहरु जुलुश , बन्द र नारा लगाएर भए पनी छोड़न बाध्य पार्छन - जून गलत धारणाको विकाश भैरहेको छ । यस्तै चाल रहिरहने हो भने हाम्रो रहर फुट -पात मा पुग्छ । अहिले हामी - आफ्नै मालिक रहेका छौ आफु मात्र शेख वन्ने धुनमा लागी पर्दा भोली कसैको दाश बन्नू नपरोस ।
म सँग एउटा थेगो रहेको छ , सोम रस लिने मित्रहरुलाई भन्नको लागी । त्यसैले प्राय: म भन्ने पनी गर्छु -'सो रसमा जीवन बर्बाद नगर , त्यो रसले न त बाजे को पालामा उभो लगायो न त बाऊ को पालामा न त अहिले नै लगाउने छ । बरु जीजू लाइ खायो , बाजेलाई भीरबाट खसाल्यो , ड्याड लाइ पैनिमा (खोल्सा) सुतायो अनि अंकल लाइ ................. सरमै लाग्छ भन्न पनी । यस्तो बेईमानी चीज भनेर थाहा पाउदा पाउदै पनी हामी त्यही सोम रसमा लीन भई डुब्छौ भने - त्यति बेला हामी जस्तो पट मुर्ख अरु कोही हुदै हुदैन । हो त्यस बेला धिकार हुन्छ हाम्रो ज्ञान र चेतना लाई किन भने ज्ञान र चेतना भन्ने कुरा यथार्थ छुट्याएर राम्रो कुराको अनुशरण गर्नका लागी हो ।'
हो ठ्याकै त्यस्तै भई रहेछ अहिले हाम्रो देशमा पनी कुन इतिहासमा छ - बन्द , तोडफोड , हत्या -हिंसा र आपसी फुटले प्रगति गरेका देश र जनता ?? अहिले नेपाली जनता ले 'सोम रस ' लिए झै भूल गर्दै छन । त्याग्न सकेका छैनन अझै पनी - त्यो शैली (भाडभैलोको ) । किन अरु विकल्प नै नभएको हो र ? पक्कै होइन । आफ्नो वुद्रिमतालाई प्रयोग गर्न सकिरा'छैनन या ढीला गरिरा'छन - जून हाम्रो लागी शुभ होइन ।
ए ! नेताहरु हो !! समस्या सँग जुध्न सक्दैनौ भने - सन्यासी भएर काशी जाऊ किनकी तिमिहरुलाई भारत प्यारो छ । संकटमा हो देशलाई सही नेतृत्व चाहिने - यदि त्यसो गर्न सक्दैनौ भने कुर्सी माथिको फर्सी भएर नबस । ए ! सभासादहरु हो !! नीति बुझ्न र चलाउन जान्दैनौ भने खोक्रो शब्द लिएर नभुक । अनि आफुलाई देशभक्त ठान्नेहरु हो तिमिहरुलाई धिकार छ तिमी जात्राहरुको रमिते दर्शक मात्र हुन रुचाउछौ भने । -आज मलाई यी शब्द हरु लेखिरहदा आत्मग्लानि को राप'ले पल पल पोली रहेछ ।
....................
म बन्दुकको नाल मा - सपना देख्दीन
त्यसैले ,
सयौ पटक भनी सके - बन्द नगरौ भनेर !
घाटा आफैलाई हो ।
हजारौ पटक भनी सके -तोडफोड नगरौ भनेर !
नोक्सान आफ्नै हो ।
हैन यी मान्छे हुन की के हुन ?
सायद, यो न्युटनको
चाल सम्बन्धी तेस्रो नियम हो
हरेक क्रिया मा बराबर तर विपरीत प्रतिक्रया
जती पटक हिंसा त्यागौ भन्छु
उती पटक हत्या हुन्छ ।
थोरै भए नि विकाश गरौ भन्दा
धेरै विनाश गर्छन -यहाँ ।
...................
भो अब त अति भो , यो देश तिम्रै मात्र पैत्रिक सम्पति होइन । पुन: भूपी कै शब्दमा भन्ने हो भने 'यो देश तिम्रो जतिकै मेरो पनी देश हो ' । अधिकारकै कुरा गर्ने भए पनी तिम्रो जतिकै मेरो पनी अधिकार छ - यो देश प्रति । तिमी लाइ देशमा आफुखुसी गर्ने कहा छुट छ र ? मेरो लागी भए पनी मेरो देश बचाई राख्नु'छ । मेरे लागी भए पनी मेरो देश लाइ सिंगार्नु छ । सजाउनु छ । जहा तिमी पनि रामाउन सक्छौ ।
हरेक नेपाली नेपालको निम्ती बहुमूल्य खजना हुन , त्यसैले अब रगत बग्न बन्द हुनु पर्छ । सत्यता थाहा हुदा हुदै पनी बुझ पचाएर नबसौ । हत्या , हिंसा र दण्डहीनताको जस्तो अवस्थाको अन्त्य गर्न लागी परौ , सुन्दर ,शान्त अनि विकशित समाजको परिकल्पना गर्दै गर्विलो जीवनशैली लिएर जिउने आठोट गर्नु पर्छ हामीले । देशका निम्ति कुनै व्यक्ति , समुदाय र पाटी (संगठन ) भन्दा माथी अनि कुनै वेद , कुरान , वाइवल, त्रिपिटक वा कुनै पुस्तकको सिमित दायरा भन्दा माथि उठेर वैचारिक युद्र लड्नु'छ । र लू सुन झै हामी साहित्यमा देवकोटाको शब्द, समको शैली, लैनसिंह वाग्देलको मौलिकता,गंधर्व बाजेको भाका, नाती काजिको भाषा, शहीदको आवाज, आदि सबै मर्म बुझन अनि रेटिरहोस सधै त्यो सारंङ्गी, दम्फु र मादल त्यही शब्द , शैली , त्यही भाकामा पौरखी नेपालीको स्वर निकालन को लागी ।
त्यसैले त म भन्ने गर्छु -प्रचण्ड सक्छौ भने हामीलाई मन्टेस्क्यु दिलाई देऊ , गिरिजा बाबू मार्टिन लूथर झिकाई देऊ , सुकरात काहा गए , वोलिभियामा हराएका चे यहाँ जन्म र मलाई रोजाको आवाज सुन्न देऊ अनि माधव कुमार ! सक्छौ भने रामराज्य देऊ तर आडम्बरी नाटक मञ्चन नगर ................... नत्र त तिम्रा सरकारका सेना र वन्दुकका विरुद्ध वैचारिक युद्र गर्न सक्ने कलमी हतियार छन र बारूदले नष्ट गर्न नसक्ने हामी सँग हाम्रा भावना , रहर , आकांक्षा र सपनाहरु छन । अनि आफुलाई प्रशसाको पात्र बनाउन आफु अनुकुलको आफ्नो विचार ल्याएर 'यो जनताको चाहाना हो' भनी वलिको बोको बनाउने अब फेरी दुचेष्टा पनी नगर (कुनै पनी दल बिशेसले )- हामी २१ औ शताब्दीका सचेत र जागरूप नेपाली जनता हौ , हामीलाई राज्य सप्ताको परिवर्तन भन्दा सामाजिक, शिक्षित र व्यावहारिक परिवर्तन चाहिएको छ ।
............... देश विकाश्मा विश्वभरिका नेपालीहरु एक हौ ।
जय देश ! जय गणतन्त्र !!
नेपाली जनताले सबैको कल्याण गरुन ।
-->Read more...

ताजा खबरहरु माई संसारको

Followers

फेस बुकको जालो

Twitter Updates

    follow me on Twitter

    Albert Einstein's Statement

    नेपाली पात्रो

    तपाइँ लाइ किन नेपालमा राजनैतिक तनाब सधै भै रहन्छ जस्तो लाग्छ ?

      © Bednath.blogspot Template Made by Bednath स्वागत छ तपाईलाई मेरो संसारमा 2009

    Back to TOP