आफ्नै -लेखाइको सन्दर्भमा वोल्दा..


"" जीवनको साथर्कता खोज्न केही जुझारुक हुने चेष्टा गर्दैछु । त्यसैले त म निरंकुस्हरू प्रति तास्लिमा नसरिनको भाकामा , "धिकार छ तिनिहरुलाई....... " भन्न मन लाग्छ र माक्सले जस्तो अठोट पुर्णको कठोर "जीवन" चुनौती दिदै "चे" झै नौलो शब्द लिएर उदय हुन मन लाग्छ , अब्राहम लिंग्कनको जीवन, कथा जस्तो नभएर टेरेसाको जस्तो रहर बोकी आइस्टाइनको लाठी टेक्दै मेरै सगरमाथा चढ्न मन लाग्छ । यी यसरी नै खोज्दै छू म मेरा सफरहरुमा मदन भन्डारीले भने झै जीवनका लागी "सिदान्त "
.............................................................................
"अवसर र मौकाको वास माग्दा
आश्वासन र साहानुभुतिको साथ पाए
म पनी त केही गर्छु भन्दा
वातैवातको घात पाए "
........................................................................
मेरा यी यादहरूसंगै वितेका ति समयहरू, म सधै एकान्तमा बसेर ति झंकारयुक्त रंगीन संसारको परिकल्पना गर्दछु अनि एउटा सानो सिमित दयराको कोठामा बसेर विशाल भूगोलको अवलोकन गर्ने दुश्चेष्टा गरिरहेको हुन्छु । किताबका सिमित पानाहरुमा ज्ञानलाई नियाल्दै, त्यस्तै वाणी र धर्महरुमा आदशर्ता र सत्य खोज्दै यी मैले टेकेका पाइलाहरुमा भविष्य खोज्दछू । मैले देखेका अनुभव गरेका र बुझेका कुराहरु यसरी डिजीटल डायरीका पेजहरुमा श्रृखलाबद संगाल्दै सिंगारने रहर जन्माइ रहेको हुन्छु , ताकि मेरो अनुभवहरू नै मेरा लागी ज्ञानहोस र हुन्छ पनी । मैले मेरा ब्लगका पेजहरुमा पलपलका घटनाक्रमहरू आवद गर्न नसकौला तर पनी म , त्यति खेरको मेरो मनोवृति र जिउनेशैली मेरा लागी सस्मरण त बनाउन सकौला नि ! मलाई पनी त नवीन सोच सहितको नौलो जीवन लिएर बाच्ने रहर छ। मलाई पनी त एउटा उद्देश्य लिएर , एउटा संसार सिंगार्दै धेरै सपना सजाउने रहर छ । त्यसैले त म भन्ने गर्छु मेरा कदमहरुमा शंका नगर , मेरा पाखुरालाई घोटन देऊ र मेरो पसिनामा डाह नगर वरु मेरा नयनलाई नीलगगन हेर्न देऊ , यो पेटका लागी दुई छाक निल्न देऊ । मेरा कसैका लागी पनी अनर्थलाग्ने ~ यात्राहरू छैनन , मेरो लेखाई लाई स्पष्ट पार्न वा प्रस्ट्याउन यानीकी पुष्टि गर्न म संग केही प्रमाणहरू छैनन , छ त शब्दहरु छ , म अरुलाई पनि शब्दका उपहार दिन सक्छु, अनि शब्दै सब्दको कोशेलिहरू पनी .........
मेरो लेखाई र मेरो भाव - सफर बुझाउन यी शब्द लेखन मन लाग्छ :-
..............................................
"हिरा मोती त रोजेको हैन
जिउन मात्र खोजेको हु
तिम्रो स्वाभिमान चोर्न लागेको हैन
आफ्नो अधिकार खोस्दै गरेको हु "
......................................................
आस्थाहरू जलाउन चाहन्न न त उमंगलाई गाड्न चाहन्छु, अनि यो पनी मन छैन हिम्मतको राकोलाई रगतको आहालमा - डुबाई रहर र इच्छाका जुलुसहरुलाई आफ्नो बाध्यता सम्झि परिस्थिति सामू घुडा टेकाउने छैन सपना, छ त केवल रहर , इच्छा र मन - सामाजिक संरचना परिवर्तन गराउनेको । त्यसैले त ज्वालामुखिमा पथरहरू धुलो भएर उडदा रहेछन , विश्फोटित ज्वालाका तरलसरि । म्याग्मा - जमेर पहाडको ढिस्को भै बस्दो रहेछ । हुन त एउटा ध्वंस , विनाश पनी सिर्जना बन्दों रहेछ - एउटा -संकट, अन्त्य र विनाशको ....!!! विनास त एउटा सिर्जना हुन सक्छ भने म पनी केहीगरउ भनेर - एउटा सिर्जना मा लागी परेको छू हेरौ कतिको गति पाउन सकने हु त्यों त ........समयले नै जनाउला, रहरै रहरले जन्माएको ब्लग को पिरती कसरी गाढा बनाउन सकौला ! धन्यवाद !

4 comments:

  1. बेदनाथ जी! तपाई अगी बड़देई जानुस,मेरो साथ र सहयोग रहिरने छ.

    ReplyDelete
  2. बेदनाथजी ,

    केहिदिन यतादेखि तपाईंको ब्लगमा पस्ने गरेको भएपनि प्रतिक्रिया लेखेनछु - अन्य धेरै ब्लगमा पनि यसै गर्थें म , प्रतिक्रिया लेख्छु लेख्छु भन्दै त्यसै हुन्थ्यो । आज चैं केहि लेखुँ लाग्यो ।

    ब्लगमा गहिरा गहिरा कुराहरु समातेर लेखिरहनु भएको छ , कविताहरुमा पनि कविता लेख्ने रहरको खुड्किलो पार गरिसक्नुभएको देख्छु म । चेत खुल्दैको अवस्थामा पाएँ तपाईंका कविताहरु ( हुनत कवितामा पुर्ण चेत खुलाउन कसैले सकेन होला र पनि आम हिसाबले भन्दैछु । )
    खुसी लाग्यो तर तपाईंको ब्लगमा पस्दा देखिने तपाईंको ठुलो फोटो मलाई अलि चित्त बुझेन , अपरिपक्व ब्लगरले रहर सजाएझैं लाग्यो । हुनत यस्ताकुराहरु आ आफ्नो ईच्छामा निर्भर हुनेकुरा हुन । मैले लागेको कुरा भनेको हुँ यसलाई अन्यथा चैं नलिनुहोला ।

    नियमित क्रिया प्रतिक्रिया गर्दै रहुँला है - शुभकामना ।

    ReplyDelete
  3. Dipak g le bhanu bhaye jastai "खुसी लाग्यो तर तपाईंको ब्लगमा पस्दा देखिने तपाईंको ठुलो फोटो मलाई अलि चित्त बुझेन , अपरिपक्व ब्लगरले रहर सजाएझैं लाग्यो । "
    वास्तबमा भन्ने हो भने मेरो पनी त्यस्तै भएको हो त्यों मैले शुरूका दिनहरुमा रहरले जानी नजानी अपलोड गरेको थिए र म त्यसलाई चेन्ज गर्ने बिचारमा केही वीक देखिनै थिए । र यो संयोग नै भयो ra आहिले तपाइकै मनसाय अनुसार मैले मेरो टाइटल मा रहेको पिक्चर लाई परिवर्तन गरेकोछु ल !

    ReplyDelete
  4. धन्यवाद ! खुशी लाग्यो । अहिलेको तस्विर सुन्दर , हेर्दै मनमा अनेक तरङ्ग पैदा गर्ने खालको छ ।

    ReplyDelete