मेरो गफ, प्रविधि र परिवर्तन



मैले धेरै ले भनेको सुनेको छु, ‘समय कति परिवर्तनशील छ तर मान्छे भने उस्तैअनि उतिनै पटक भनेको सुनेको छु धेरै को मुख बाट ,  ‘समय परिवर्तन भएको होइन, मान्छे परिवर्तन भएका छन्, मान्छेका सोचाइहरु परिवर्तन भएका हुन्’! खैर त्यो कुरा तिर म अहिले गइन ! म यहाँ कुरा गर्न खोज्दै छु - प्रविधि र सञ्चारको विकाशले समय र मान्छेहरु (म) मा भएको परिवर्तनको कुरा !

कुनै बेलाको समय थियो मित्रताको लागी रेडियो र प्रत्र पत्रिका मार्फत 'पत्रमित्रताकायम गर्ने ! अनि कुनै मिल्ने साथीहरुको याद र सम्झनाहरु संगालेर राख्न अटो भर्ने फेसन -स्कुल देखि कलेज सम्म ! जहाँ मित्रहरुको मनपर्ने /मन नपर्ने कुरा देखी केहि विचार भाव र भावनाहरु कोरिएका हुन्थे ! कति इभेन्टहरुको स्मृति सजाउन फोटाहरु भर्दै कति एल्बम -र्याकमा थन्क्याउने- समय ! हुन् त विगतका केहि घटना र कुराहरु यस्ता हुदा रहेछन जुन उतिबेला आफुलाई त्यति ठिक र राम्रो नलागे पनि अहिले वर्तमानमा त्यो घटना या कुराहरुको सम्झनाले आफुमा कस्तो अनौठो र मज्जाको अनुभूति दिदो रहेछ ! अनि उक्त कुरा सम्झेर घरि घरि हासो लाग्दो रहेछ ! साच्ची कस्तो यो मन पनि ? अहिले आएर यसो सोच्छु -त्यो पत्रमित्रता,अटो र फोटो एल्बम ...sss !
 
 यी कुराले मलाइ मेरो मनमा एउटा छुट्टै अनुभूति दिलाई रहेछ ! साच्ची अबको केहि पछिका पिडीहरुलाई यो कुरा एका देशको कथा होला जस्तो छ ! अहिले ति कुरा लाइ ठ्याकै डिजिटल प्रविधिहरुले प्रतिस्थापन गरेको अवस्था छ, जस्तो कि Hi5, Facebook, जस्ता वेब साइटहरुमा साथीहरु बनाउने र त्यसमा आफ्नो प्रोफाइल बनाउने कुराहरु सम्झदा यस्तो लाग्छ ….. यो पहिलाको अटो भर्ने कुरा जस्तै हो तर आधुनिक तरिकाको ! अहिले फेस बुक चलाउन जति उत्सुकता रहन्छ, उति वेला यो भन्दा बढी जागर चलेर आउथ्यो -अटो भर्न !

उसो त म एक छिन घर नबस्ने र गफिदै गाउ डुल्नेमा एक नम्बरको छोरो थिए, घरि ओल्लो घर त घरि पल्लो घर, कहिले चप्रमारी त कहीले दामुना ! कोहबरा त कुरै नगर्नुस -क्याराम्बोर्ड रिजर्भ मै थियो भन्दा पनि हुन्थ्यो ! विपी चोक –(हाहा …) फुर्सद मिल्यो कि -गफिएर बस्ने ठाउ ! अझ साझ त, खाना खाइ सके पछी -थपक्क बसेर पढ्नु त कता हो कता, सुटुक्क गफिन हिड्दिन्थे ! बदलामा कति हो  कति गालि, नमिठो मानि मानि खाइन्थ्यो -ड्याड र ममीको तर्फबाट ! तर बानि चाही नसुध्रिने भन्या ! अहिले परदेश आइयो त्यो आदत त सुध्रिएला भनेको अह ! बरु अझ बढ्यो ! अब गफ गर्न, न त दामुना जानु पर्छ न त बालुबथान बजार नै ! न कुनै चोक नै धाइ रहनु पर्छ ! कम्पुटर खोलेर अनलाइन बसे पुग्छ ! रुममै बसी बसी सबै तिर गफ दिन पुगिन्छ/ भ्याइन्छ  ! काम गरे जस्तो नी हुने, पढे जस्तो नी हुने -अब केटो कतै जादैन ! सधै एकै ठाउ मन चार तिर (कसले पो थाहा पाउछ मनको कुरा !) लाएर बस्छ अनि छोरो सुध्रिएन त !  बा'आमा मख्ख प्रगति गर्ने भो भनेर !(हाहा ..) ! वाल भो !

अब पेरिसको टावर लाइ नी हाइ भन्न भ्याएकै छु, अमेरिकाको अन्धो स्टाट्यु लाइ पनि ! काठमांण्डुको मोरी  लाइ मात्र होइन  फिलिपिनी गोरी लाइ पनि “I miss you” भनेकै छु ! मलेशियाको रामेलाई पनि गफ देकै छु, साउदी, दुबैको काले लाइ गफ पिटेकै छु ! कतारको साथीलाई पनि सलाम अलेकुम,किफालक मुदिर!भनेर खबर सोधेकै छु  ! इजरायलको त कुरै नगर्नुस झन्डै 24 hours सर्भिस जस्तै मस्किन भ्याएकै छु ! नेपालीहरु अस्ट्रेलिया पढ्न जान्छन भन्ने सुन्या छु तर खै जति खेर पनि उनीहरु गफ दि'रा हुन्छन -म जस्तै ! के गर्न गएका हुन्, त्यो त शंकै लाग्छ (जेसुकै गरुन मलाई के खाचो) ! यहि बाट म दमकको भुन्टी लाइ पनि –“मेरो कमाइ त बबाल हुन्छ नी, जोगाउने पो कम हो त ! तलब नबढे नी तिम्रो माया त झन बढेको छ नी मोरी -त्यो त तिमी सँग टाढिए पछी पो थाहा भो” (हाहा..) ! भनेर नी कति फकाको छु ! अहिले मलाइ फेस बुकको क्रेज पनि कम चाही छैन है मित्र ! उबेला सानामा कतै जानु भन्दा अघि र कतै बाट आए पछी एना हेरेर बाल कोरिन्थ्यो अहिले फेसबुक हेरेर वाल नकोरी चित्तै बुझ्दैन भन्या ! अनि फेस बुक खोल्यो कि, ‘देश बिग्रियो ! नेता खराब भए’ (… आफु बिग्रेको चाही कसले देख्ने हो कुन्नि?)… भनेर गफ दिन नी भुलेको छुइन ! …. सबै त नलेखुम होला यार !

त्यसैले त हिजो आज मैले गफ दिएर बस्ने कोहबराको चौतारी -अहिले facebook भा'छ ! चप्रामारी स्कुलमा दिने गफ चाही –hotmail भा'छ !  yahoo -मेरो गाउको विपी चोक हो ! google talk स्कुल चौउन बजार हो भने skype डोरामारीMeebo दामुना  बजार अनि  Picasa Album मेरो पुरानो अटो अल्बम भएको छ !

~~~0~~~~                           ~~~~0~~~~                           ~~~~0~~~~
Visit Nepal 98, Visit Nepal 2011 जस्ता कुरा त यहाँ लाइ थाहै होला तर टोरेन्टज / एक्स्ट्राटोरेन्ट  जस्ता साइटहरुमा भ्रमण बर्ष मनाउन जानु भो भने  तपाइँ लाइ जे चाहिन्छ त्यहि download गर्न सक्नुहुन्छ - जति सुकै ठुलो फाइल र उपयोगी सफ्टवर,ग्याम,जानकारी सहितको भिडियो, फिलिम,बुक इत्यादी सबै  - त्यो पनि फ्री अनि सजिलै सँग ! के गर्ने हो त्यो तपाइँ मा भर पर्छ ! अनि अहिले निकै फेसनमा रहेको  Facebook लाइ पनि कसरि /कुन उद्देश्यले  प्रयोग गर्ने -त्यो तपाइँमा नै भर पर्छ ! आफु त डुलन्ते र गफ दिने मुन्छे परे ! कहिले काही मलाइ  छक्क मात्र होइन अच्चम्म लाग्ने वेब साइटहरु डुल्न पुग्छु -गफ दिन मात्र होइन -केहि सुन्न र हेर्न पनि : जस्तैफेसबुक ,गुगल , युट्युव  , इंग्भिड   (यतै अरु साइट) टोरेन्ट ( या कुनै पनि torrent साइट )   ,ब्लग  (या कुनै ब्लग बनाउने साइट) गूगल भाषा ट्रान्सलेट , विकिपेडिया , Picasa Album,गूगल युनिकोड  , आदि आदि ! यत्रो लामो गफ दियो या गफै त हो दम्धिभन्ठान्नु होला यो साच्ची हो ! आफु त सोझो मुन्छे, लपन छपन -जानिन स्ट्रेट कुरा ! बन्धु !  जे भोगे, जे  देखे त्यहि लेखे ! अस्तु !!

4 comments:

  1. बबाल छ ।
    .......
    देश बिग्रियो ! नेता खराब भए’ (… आफु बिग्रेको चाही कसले देख्ने हो कुन्नि?)… भनेर गफ दिन नी भुलेको छुइन ! …. सबै त नलेखुम होला …यार !
    ........
    गफ जस्तो लाग्ने तर साँच्चै नै सोच्न त करै लाउनु भो नी त ।
    जे होस्, प्रवासमा समय काट्न र मुलुकका जल्दा बल्दा प्रसंगहरूमा समावेश हुन जुन मद्भत यसबाट मिलेको छ, त्यसलाइ मैलै चैँ सकारात्मक हिसावले नै हेर्छु ।
    यो सबै समयको कुरा न हो वेद जी, नत्र त यथास्थितिवादको भूतले गाँजी हाल्छ नी हैन र ।
    राम्रो र समयप्रधान लेख लाग्यो मलाइ । अधिकाँशहरूको दैनिकी यहाँले एकै लेख बडो सहजता र चतुरताका साथ पस्कन सफल हुनुहुन्छ । यूरोप देखि गाउको विपी चोकसम्म पुगेर सबैलाइ समेट्न सफलहुनुहुन्छ ।
    अझै यस्तै अात्मपरकहरू पढ्दै जान पाउँ ।
    धन्यवाद ।
    विष्णु प्याकुरेल ।

    ReplyDelete
  2. लेखाइ को उदेस्य जे भयपनी पढदा चै रमाइलो लाग्यो !!!!

    ReplyDelete
  3. बिष्णु जी ले भन्नु भए झैँ सोचमा घोत्लिन पुगीदो रैछा बेद जी को बेदान्त पढ्दा ।

    ReplyDelete
  4. हा हा बेद जी को वास्तविक गफले निकै भुल्यायो । म त साच्चै रमाएछु अनि कोहवरा दामुने पनि पुगेछु । फेसबुकको कथा अष्ट्रेलियाको विधार्थी भित्र पर्ने म पनि एक बिधार्थी वास्तवमा भन्ने हो भने एक पटक फेसवुक नहेरी कपाल नकोर्ने बानि सबैलाई लागेकै छ । डिजीटलको धङधङीले अटो र पत्र मित्रतालाई नौलो रुप दिएकै हो । आफ्नो हेराइ सँगै पाठकलाई पनि रमाइलो दिनु भयो बेद जी यहाको गफ दिने बानी सधै रहि रहोस यो तपाइको आफ्नो पहिचान हो क्यारे आफु त गफ गर्न नजाने पनि सुन्न मुन पराउने परे त्यसैले सधै गफ सुन्ने उत्सुकतामै बसेकी हुन्छु । हा हा

    ReplyDelete