नेपाल भारत विधुत व्यापार सम्झौता (पिटिए) हुनु एक दम जरुरी छ !


धेरै लामो समय पछी भारतले उच्च स्तरको राजनैतिक तहबाट नेपाल भारतको आन्तरिक सम्बन्धको बारेमा कुरा गर्न लागेको छ, जुन धेरै राम्रो पक्ष हो - त्यस अनुरुप नेपालको तयारी नहुनु हाम्रो कमजोरी हो !
नेपाल भारत विधुत व्यापार सम्झौता (पिटिए) हुनु एक दम जरुरी छ ! भारतको अधिनमा नेपालको पानी रहने भयो भन्ने कुरा जहाँ सम्म छ, त्यो त उसको प्रस्ताब हो ... कसैले पनि कुनै पनि कुरा आफुलाई फाइदा नहुने त गर्दै गर्दै, अझ झन्न त्यसमा आफ्नो लगानी हुने कुरो जस्तोमा !
प्रमुख कुरा त कसरी उक्त प्रपोजललाइ आफ्नो अनुकुल बनाएर सहमती गराउने भन्ने कुरा ठुलो हो ! नत्र बादरले आफ्नो घर पनि बनाउदैन र अरुलाई पनि बनाउन दिदैन भन्ने उखान जस्तै हुन्छ !
जस्तो : तपाई एउटा पसलमा रु. २५० लाइ पर्ने १ केजी स्याउ लाइ रु. १००भन्दा , मेरो सामानको मुल्य घटाउछ्स भनेर पसलेले तपाई लाइ झम्टेर पिट्ने कुरा सहि नहुन सक्छ ! त्यसमा ब्यापारी र कस्टमरको बार्गेर्निंङ्ग भएर अन्तमा सहमतिमा हुन्छ - किनबेच .. हो त्यस्तै हो यो नेपाल भारत विधुत व्यापार सम्झौता (पिटिए) पनि ! भारतले प्रस्ताब राख्यो भन्दैमा विना सित्तिमै हल्लाको भरमा लागेर त्यसको विरोध गरेर ... आफ्नै ब्याजत गर्नु सिवाय केहि पनि होइन ! सबै लाइ चेतना भएस !

No comments:

Post a Comment