प्रेम, विश्वास र मान्छे [ कविता ]


Believe_in_Love
























प्रेम र विश्वासले नै हो
मान्छे मान्छे भएको 
अनि ढुंगा पनि देउता भएको !

बचाउनुस पेम र विश्वास लाइ
अनि आफु पनि बाच्नुस
– तब मात्र जीवन बाच्छ !
जुन दिन यो रहदैन – त्यो दिन देखी
आफु हैन शरीर मात्र बाचेको हुन्छ !
अनि आफुले भने जस्तो होइन
अरुले भने जस्तो मात्र हुन्छ - यहाँ !
त्यसैले त मलाइ -
न हिन्दु न मुस्लिम
न नेता न जादुगर
केहि हुनु छैन !
बस – मान्छे हुनु छ !
मान्छे भएर जन्मिएको
मान्छे भएर मर्न पाऊ !

No comments:

Post a Comment