परिभाषामा अट्दैन जिन्दगी [ कविता ]


मान्छेहरु आफुले
जस्तो देख्छन यो संसार लाइ
त्यस्तै परिभाषा बन्दो रहेछन ~ संसारको
मान्छेहरु आफुले
जसरी भोग्छन जिन्दगी लाइ
त्यस्तै परिभाषा हुदो रहेछन ~ जिन्दगीको !
त्यसैले पो
त्यो परिभाषा सँग
वेमेल भएको रहेछ ~ मेरो संसार, मेरो जिन्दगी !

तिम्रो लागी
बेढंङ्गको कुरूप ठानिएछु म
त्यसैले पो ~ तिम्रो लागी कुरूप र धराप रहेछ ~ यो संसार !
तर तिमी
मेरो लागी उमंगले भरिएको रहर मान्छु ~ म
त्यसैले पो : ~
मेरो लागी सुन्दर ऋतु हो ~ यो जिन्दगी !


समय समयमा
मनमा पनि कुराहरुको अनेक
बाढी आउछ !

'यादहरुको पहिरो जान्छ !
अनि मन किचिन्छ किचिक्क !!

बेला बेला प्रसंग र तरंगहरु पनि
फरक फरक आउछ हुरी बनेर ...

सम्झनाहरु छाल भएर
किनार छुदै  डिल खसाल्न आउछ ...

हावामा लेखिएको कुरा
हावा भएरै उड्दो रहेछ ... 
महशुस नै नगराउने मन्द बतास भएर हराउने !

मैले तिमीलाई नै
आफ्नो जिन्दगी मानेको थिए
तर भुलेको रहेछु ..
~ जिन्दगी कहिल्यै कसैको हुनै सक्दैन भन्ने कुरा !

मैले तिमीलाई सम्झेकै छैन
मेरो आवश्यकता तिमी हैनौ
म तिमी लाइ माया गर्दै गर्दिन
भन्नु आफैलाई ढाट्नु सिवाय केहि होइन, रहेछ !'

ख्याल गर्नु पर्ने कुरा के भने :
तिम्रो झुट कुरा र तिम्ले देको धोकाले 
कसैको तिमी प्रतिको विश्वास मात्र होइन 
भगवान प्रतिको आश्था पनि सधैको लागी ढल्दो रहेछ !

तर नि अझै म भित्र
एउटै आस्था र विश्वास जिउदै छ
म आफै लाइ माया गर्छु
म आफै लाइ मन पराउछु ! कसम ~ ढाट्या होइन  !

बस यही कुरामा
'आफै लाइ' भन्ने ठाउमा 'तिमी लाइ' भन्न/ लेख्न
कुन चाही खाली पन्ना दियौ र ??
जुन कुराको परिभाषा गर्नु छैन मलाइ ~ यहाँ !!

फोटो : गुगल !

2 comments:

  1. आफू जस्तै हुन्च संसार । सरल कविता मन पर्यो ।

    ReplyDelete
  2. धन्यबाद दिनेश दाइ मिठो प्रतिकृयाको लागी !

    ReplyDelete