झरी परे झैँ माया पनि पर्छ रे [ कविता ]


मान्छेहरु

बर्खामा झरी नपरेर के पर्छ त भन्थे
तर यस पाली
झरी सँगै लव पनि पर्यो ~ तिमी सँग
त्यो पनि मेरो !
***           ***
झरीले मान्छेहरु सँगै
धर्ती भिजाउछ र विऊ उमार्छ !
आफुलाई भने
तिम्रो मायाले ~ मेरो मन देखि तिम्रो तन सम्म
लपक्क रुझाएर …
धेरै रहरहरु उमारेका छन !

***           ***

धर्तीमा पानि परे झैँ
मान्छेमा प्रेम परे’छी
काल्ना, भन्ज्यांङ्ग हुदै
उर्लदो खहरे भएर निस्पटै
भेल आउ’छ रे ~ वैंसको !

***           ***

अनि मलाई चाही रहर छ
त्यो भेलले बनाएको
पोखरीमा डुबुल्की मार्दै
स्विमिङ्ग पुलमा झैँ
तृप्ति र प्यास मेटाउने गरी
खेल्न पाऊ ~ पौडी !

हामी दुवै, सँगै, सधै ... !!

***           ***



Photo source : artsybutterfly.blogspot.com

No comments:

Post a Comment